भोजपुरको नौवटै पालिकामा संयुक्त गठबन्धन गरिने

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोजपुरको नौ वटै स्थानीय तहमा सत्तारुढ गठबन्धन मिलेर जाने भएको छ ।

हिजो बसेको सत्तारुढ गठबन्धनको बैठकले जिल्लाको नौ वटै पालिका र ८१ वटै वडामा गठबन्धन गर्ने निणर्य गरेको हो ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर काङमाङ राई र सुदन किराती, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रमेश शाक्य, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामसिंह राई, नेपाली कांग्रेसका जिल्ला सभापति विनोद बान्तावा, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वीरजंग राई र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष आशकुमार राई थिए ।

बैठकपछि संयुक्त प्रेस विज्ञप्ति पनि जारी गरिएको छ ।

हिजोको बैठकको निणर्य अनुसार आज पुनः नौवटै पालिकामा गठबन्धनको बैठक बसी बेलुकी ७ बजे जिल्ला संयन्त्रलाई सुझाव पठाइनेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्