जसपाले जिते राज्यले दिने सेवा घरघरमाः मोक्तान

जनता समाजवादी पार्टी सिन्धुपाल्चोक जिल्ला अध्यक्ष जगत मोक्तानले स्थानीय तहको निर्वाचनमा आफ्नाे पार्टीका उम्मेदवारहरुलाई जिताए राज्यले दिने सबैखाले सेवा जनताको घरघरमा पुर्याउने घोषणा छन् ।

उनले व्यक्तिगत लाभ र अवसरमा लिप्त हुने व्यक्ति जसपाको नेता-कार्यकर्ता हुनै नसक्ने बताए । उनले यदि कोही व्यक्तिगत लाभ र अवसरको मनसायले पार्टीमा प्रवेश गरेको भए फर्कन अनुरोध पनि गरे ।

उनले स्थानीय निर्वाचनबाट सिन्धुपाल्चोकमा जसपाका उम्मेदवारले पालिका जितेको खण्डमा स्वास्थ्य र शिक्षा निशुल्क बनाउने, घरघरमा राज्यको सेवा पुर्याउने, कुन घरको आर्थिक अवस्था कस्तो छ भनेर जानकारी लिने र आर्थिक अवस्था कमजोर भएको परिवारलाई आइपर्ने समस्या समाधान गर्नका लागि अलग्गै कोष स्थापना गर्ने, कसैको पनि आर्थिक अभावका कारण अकालमा मृत्यु हुन नदिने लगायत काम गर्ने बताए ।

उनले जसपाले जितेको पालिकामा कुन घरमा कस्ता रोगी छन्, अपांगता भएका व्यक्ति छन् आदि विषयमा पनि जानकारी लिएर सो अनुसारको व्यवस्था गरिने बताए ।

जसपा मात्रै साचो अर्थमा पहिचान, संघीयता, सुशासन, समृद्धिको पक्षमा रहेको पार्टी भन्दै उनले स्थानीय तहको निर्वाचनमा जसपाको चुनाव चिन्ह छातामा मतदान गर्न आग्रह पनि गरे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्