टिकट नपाएपछि रुदैरुदै एमाले छाेडे ६५ वर्षीय नेता घिमिरेले

नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेले रुदैरुदै नै पार्टी परित्याग गरेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा मेचीनगर नगरपालिकाकाे मेयरकाे उम्मेदवारमा सिफारिसमा नपरेपछि उनले आज मेचीनगरमा पत्रकार सम्मेलन गरी एमाले परित्याग गरेकाे घाेषणा गरे ।

पत्रकार सम्मेलनमा उनले सहकर्मीहरुले नै पटकपटक आफूमाथि अन्याय गरेको बताए ।

‘३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरेँ, निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरेँ, तर पार्टीका केही नेताले मेरो अवमुल्यन गरेर अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरे,’ रुदै रुदै उनले भने, ‘मलाई पार्टीका नेताहरुले रुवाउँदै रुवाउँदै निष्काशन गरे । म आफैं निस्किएको हैन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।’

६५ वर्षका उनले पार्टीमा जीवन बिताएपछि जिम्मेवारी र अवसरको आशा गर्नु स्वभाविक भएको बताए ।

उनले भने, ‘कसैलाई थपी थपी जिम्मेवारी दिने र कसैलाई अवसरबाट बञ्चिन गर्ने काम एमालेको स्थानीय नेतृत्वबाट भएको छ ।’

उनले आफूलाई अन्याय गर्नेहरुलाई आफ्नाे आँखाकाे आँसुले पिराेल्ने बताए ।

उनले भने, ‘मेरो आँसुले मलाई अन्याय गर्नेहरुलाई पिरोल्ने छ, जसले मलाई यो पार्टीबाट रुँदै रुँदै बाहिरिने अवस्था सिर्जना गरे ।’

पत्रकार सम्मेलनमा उनले स्वतन्त्र बामपन्थीका रुपमा बस्ने तत्काल अरु पार्टीमा नजाने बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्