हँसपुर नगरपालिकाकी उपमेयर जसपामा प्रवेश

स्वतन्त्रबाट निर्वाचित वडाअध्यक्ष पनि जसपामै

मधेस प्रदेशकाे हँसपुर नगरपालिकाकी उपप्रमुख रेणु झा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी छन् ।

आज जनकपुरस्थित हाेटेल वेलकममा जसपाका अध्यक्ष उपेन्द्र यादवले उपप्रमुख झालाई स्वागत गरे । उपप्रमुख झा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएकी थिइन् ।

जसपामा प्रवेश गरेपछि उनले भनिन्, ‘मेयर रामज्ञान मण्डल (लोसपा) का हुन् र मेयरसँग सुरुदेखि नै मतभेद रहिआएको छ । एउटै पार्टीमा रहेर झगडा गर्नु भन्दा छुट्टै पार्टीमा रहेर जनताको लागि काम गर्नु राम्रो हुन्छ भनेर (लोसपा) परित्याग गरेको हुँ ।’

यसैगरी आजै मधेस प्रदेशकै मुखियापट्टी मुसरनिया गाउँपालिका वडा नं ४ मा स्वतन्त्रबाट निर्वाचित वडाअध्यक्ष उदयचन्द्र झा पनि जसपामा प्रवेश गरेका छन् ।

उनलाई पनि अध्यक्ष यादवले नै स्वागत गरेका थिए ।

उदयचन्द्र झा जसपामा प्रवेश गरेपछिकाे तस्बिर ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्