Sunday, November 27, 2022
10.5 C
Diktel

एमाले र राप्रपाबिच चुनावी मोर्चा, राप्रपाका उम्मेदवार पनि सूर्य चिन्हमै लड्ने

Subtitle

सत्तारुढ गठबन्धनसँग एक्लै चुनाव लड्ने हुंकार गर्दै आएकाे नेकपा एमालेले अन्ततः गणतन्त्र र संघीयता विरोधी तथा हिन्दुराज्य पक्षधर कमल थापासँग चुनावी गठबन्धन गरेकाे छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनसँग सिंगल सिंगल भिड्ने घमन्ड देखाउँदै आएका थिए । तर, एक्लै लड्दा स्थिति नाजुक हुन सक्ने अवस्था सिर्जना भएपछि अन्ततः उनले कमल थापासँग मिलेर जाने निर्णय गरेका हुन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाले आजै चुनावी तालमेलबारे सहमति गरेका छन् ।

५ बुँदे सहमति पत्रमा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकािय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

जसअनुसार देशभर एमाले र राप्रपाबिच तालमेल हुनेछ । राप्रपाका उम्मेदवारले पनि एमालेको चुनाव चिन्ह सूर्य चिन्हमै निर्वाचनमा लड्नेछन् ।

राप्रपाले आफ्नाे उम्मेदवार नभएको ठाउँमा एमालेलाई भोट हाल्ने र एमालेले पनि राप्रपाको उम्मेदवारलाई भोट हाल्ने सहमितपत्रमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्