खिजिदेम्बामा एकचाेटि काम गर्ने मौका दिनुस्ः जसपा उम्मेदवार शेर्पा (भिडियाेसहित)

काम गर्न सकेनौ भने हामीलाई पनि तपाईंहरुले पछार्ने ठाउँ छँदैछ

ओखलढुङ्गास्थित खिजिदेम्बा गाउँपालिकामा जनता समाजवादी पार्टीबाट गम्बु शेर्पा अध्यक्षको उम्मेदवार करिब निश्चित भएको छ ।

पार्टीबाट अध्यक्ष पदमा निर्वाचन लड्नका लागि उनले पहिलेदेखि नै तयारी गरेका थिए । जसअनुसार विभिन्न वडा र टोलहरुमा संगठन निर्माण तथा पार्टी प्रवेश कार्यक्रमहरु सञ्चालन गर्नुका साथै विकास निर्माणका योजना ल्याउने सवालमा पनि उनले पहल गर्दै आएका छन् ।

जसपा प्रदेश १ समिति सदस्यसमेत रहेका शेर्पाले वैशाख ३० गतेको निर्वाचनमा आफ्नाे नेतृत्वको टिमलाई मतदान गरी विजयी बनाएर काम गर्ने मौका दिन खिजिदेम्बा गाउँपालिकाका जनतासँग अनुरोध गरेका छन् ।

आफूहरुले यदि मौका पाएर पनि जनताको काम गर्न नसके भोलिका दिनमा फेरि मतदानबाटै आफूहरुलाई कारबाही गर्ने अधिकार जनतासँगै रहेको पनि उनले बताए ।

आज साल्पा अनलाइनसँगको छोटो कुराकानीमा उनले भने, ‘हामीलाई काम गर्न दिनुहोस्, हामीले पाँच वर्षमा काम गर्न सकेनौ भने हामीलाई पनि तपाईंहरुले पछार्ने ठाउँ छँदैछ ।’

सो क्रममा उनले खिजिदेम्बा गाउँपालिकामा सत्तारुढ दलबीच गठबन्धन नभए पनि जसपाले एक्लै चुनाव लड्ने बताए ।
स्थानीय जनताको चाहना अनुसार नै जसपा एक्लै चुनावमा लड्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

कलाकार समेत रहेका शेर्पा लामो समय अमेरिका बसेर केही वर्षअघि मात्रै नेपाल आएका हुन् । उनी नेपाल आएपछि जसपासँगै जोडिएर राजनीतिमा सक्रिय भएका हुन् ।

कुराकानीका क्रममा उनले आफ्नाे बारेमा आफै भन्नु उपयुक्त नहुने भन्दै आफ्नाे पृष्ठभूमि हेरिदिन मतदाताहरुसँग अनुरोध गरे ।

सो क्रममा उनले आफ्नाे जित सुनिश्चित रहेको दाबी पनि गरे । उनले आफूलाई नै मत दिनुपर्ने कारणहरु समेत उल्लेख गरेका छन् ।

बाँकी भिडियोमाः

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्