प्रअबाट राजीनामा दिएर वडाअध्यक्षको उम्मेदवार

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ७ दोर्पा चिउरीडाँडामा जनता समाजवादी पार्टी नेपालबाट उत्तम राईले वडाअध्यक्षको निर्वाचन लड्ने तयारी गरेका छन् ।

स्थानीय ‘विद्योदय आधारभूत विद्यालय’का प्रधानाध्यापक समेत रहेका उनले शिक्षण पेशाबाट राजीनामा दिएरै जसपाबाट वडाअध्यक्षको निर्वाचन लड्ने तयारी गरेका हुन् ।

३९ वर्ष शिक्षण गरेका उनले अवकास पाउने बेला पनि भइसकेको छ ।

उमेरले ६० वर्ष पुगेका उनले अब शिक्षण पेशाबाट अवकास लिने र वडाअध्यक्षको उम्मेदवार बनेर राजनीतिमा लाग्ने तयारी गरेका छन् ।

उनले हाल वडा तहमा पनि सत्तारुढ चार दलीय गठबन्धनको तालमेलबारे छलफल भइरहेको बताए । तालमेल हुन नसकेको खण्डमा जसपा एक्लै भए पनि निर्वाचन लड्ने उनले बताए ।

उनले कांग्रेस, एमाले जस्ता पुराना दलहरु पूर्णरुपमा असफल भइसकेको र जसपा ती दलभन्दा भिन्न रहेकोले आपूmले जसपाबाटै राजनीतिमा लाग्ने निर्णय लिएको बताए ।

‘सामुदायिक समानता, न्याय, सहअस्तित्व र पहिचानका लागि जसपा अन्य दलभन्दा भिन्न छ । अन्य दललाई हामीले हेर्यौ ती दलहरु असफल भइसकेका छन्,’ उनले भने, ‘हामी संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रका साथै सुशासन कायम गरी भ्रष्टाचार अन्त्य गर्ने पक्षमा छौं ।’

उनले केन्द्रदेखि स्थानीय स्तरसम्म विकास निर्माणका योजनाहरुमा हुने भ्रष्टाचार र अनियमितता हटाउन इमान्दार नेतृत्व हुनुपर्ने बताए ।

उनले देशको विकासका लागि निस्वार्थ ढंगले जनताको काम गर्ने व्यक्ति अघि बढ्नुपर्ने पनि बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img