पाँच दलीय गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

गठबन्धन दलका प्रमुख नेताले सम्बाेधन गर्ने

पाँच दलीय सत्तारुढ गठबन्धनले सातवटै प्रदेशकाे राजधानीमा संयुक्त चुनावी सभा गर्ने भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तह निर्वाचन आन्तरिक तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सात प्रदेशमै गठबन्धनको संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो ।

चुनावी सभा धनगढीबाट सुरु गरेर काठमाडाैंमा समापन गरिने छ ।

धनगढी र सुर्खेतमा वैशाख १८ गते, बुटवल र पोखरामा १९ गते, विराटनगर र जनकपुरमा २० गते र काठमाडौंमा २० गते चुनावी सभा गरिने छ ।

चुनावी सभालाई गठबन्धन दलका प्रमुख नेता र संयोजकसमेत गरी ६ जना शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img