रुपन्देही-२ बाट चुनाव लड्ने जसपा नेताकाे घोषणा

‘अब आफै अघि नसरी भएन’

स्थानीय तहको निर्वाचनपछि अब संघ र प्रदेशको निर्वाचनतिर सोझिएको छ राजनीतिक दल र नेताहरुको चासो ।
सो अनुसार अब हुने निर्वाचनमा उम्मेदवार बन्ने तयारी पनि थालेका छन्, कसैले आन्तरिक रुपमा कसैकसैले घोषणै गरेर ।

जनता समाजवादी पार्टीका नेता हरि घर्ती मगरले अहिल्यै उम्मेदवारी घोषणा गरेका छन् । उनले संघीय सांसदको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट निर्वाचनमा उठ्ने घोषणा गरेका छन् ।

‘अब आफै अघि नसरी भएन,’ सामाजिक सञ्जाल फेसबुकबाट उनको घोषणा छ, ‘मुलुकमा भएका सबै किसिमका विभेद असमानता अन्त्य गर्ने कानुन निर्माण गर्न र बुटवलका आम समस्या निकारण गर्दै द्रुत समृद्धिको निम्ति मेरो विकल्प देखिन । त्यसैले रुपन्देही क्षेत्र नं २ मा आउँदो मंसिरमा हुने संघीय निर्वाचनमा मेरो उम्मेदवारी हुनेछ ।’

हाल विभिन्न दलका नेताका साथै स्वतन्त्र व्यक्तिहरुले पनि स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरिरहेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img