नेपाली कांग्रेसका महासमिति सदस्य र नेकपा एमालेका जिल्ला नेतासहित दर्जनौं कार्यकर्ताहरु रेशम चाैधरी नेतृत्वकाे नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

टीकापुरमा आइतबार आयोजित कार्यक्रममा कांग्रेसका महासमिति सदस्य एवं जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीप चौधरी र महासमिति सदस्य अरुण चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।

चौधरीले आजमात्रै नेपाली कांग्रसको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए ।

‘देश विकासमा योगदान पुर्‍याउने ठूलो अपेक्षासहित विगत केही वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहिआएको थिएँ । तर अहिले आएर त्यो सम्भावना कम देखिन गएकाले आजकै मितिदेखि नेपाली कांग्रेसको कुनै पनि पदमा नरहने गरी अलग भएको जानकारी गराउँदछु,’ चौधरीले फेसबुकमा लेखेका छन् ।

त्यस्तै नेकपा एमालेका नेता एवं निर्वाचन आयोग सदस्य केवलाल चौधरी पनि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

उनीहरुलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उनीहरुलाई फूलमाला लगाएर पार्टी प्रवेश गराएका थिए । अन्नपूर्ण पाेस्ट