राप्रपा प्रवेश गर्ने रवीन्द्र मिश्रको तयारी, मागे राजेन्द्र लिङ्देन सरहकाे हैसियत

विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन् ।

स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरेका मिश्र राप्रपा प्रवेसको अन्तिम गृहकार्यमा जुटेका हुन् ।

राप्रपाले दिने पदमा कुरा मिले मिश्र केहीदिनभित्रै उक्त पार्टी प्रवेस गर्ने निकट स्रोतको दाबी छ ।

सुरुमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै हैसियतमा अर्को अध्यक्ष बनाउनुपर्ने प्रस्ताव मिश्रले राखेका थिए ।

राप्रपाले त्यसलाई अस्वीकार गरेको जानकारी दिदै निकट एक नेताका अनुसार त्यसपछि सहअध्यक्षको प्रस्तावसहित मिश्र छलफल थिए ।

तर, राप्रपाले दुई अध्यक्ष वा सहअध्यक्ष दुबै बनाउन नसकिने जनाउँदै विवेकशील साझा पार्टी नै मर्ज हुने अवस्थामा उनलाई उपाध्यक्ष दिनेगरी छलफल अघि बढाइएको छ ।

महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति नै बनाएर राप्रपा छलफलमा जुटेको छ । नागरिक दैनिक

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img