जसपामा यस्ताे छ बाबुरामकाे आराेप र उपेन्द्रकाे जवाफ

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईकाे आराेपः उपेन्द्र यादव मधेशवादी, असमावेशी, पहिचानविराेधी, पहाड र मधेश दुई प्रदेशकाे मात्रै संघीय संरचना बोक्ने, सरकारमा पठाउने मन्त्री बनाउँदा र स्थानीय तहकाे निर्वाचनमा टिकट बाड्दा एकलौटी गर्ने ।

केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवकाे जवाफः फोरमकाे नाै प्रदेशको खाका दस्तावेज अध्ययन गर्न अनुरोध छ । डा. बाबुराम भट्टराईले संवैधानिक समिति सभापतिको हैसियतले राज्य पुनरसंरचना अयोगको प्रतिवेदन छलफलमा नल्याएकाेले पहिचान ओझेलमा पारिएको सत्य हो । मधेशको भोटले पहाडी मूलका चार जना सांसद बनाउने अनि मधेशकाे बिरगन्ज जहाँ ९८ प्रतिशत मधेशी भएको भूगोलमा महानगरकाे मेयरमा राजेशमान सिंह नेवारलाई निर्वाचित गराउनु, उत्पीडित जाति/समुदायको मुक्ति र समानताको कुरा उठाउँदा कसैले जातिवादी देख्छ र भन्छ भने मलाई जातीय पार्टीकै अध्यक्ष भनोस् स्वीकार छ । स्थानीय निर्वाचन अझै २/४ दिनमा मात्रै पूर्ण रुपमा सम्पन्न हुँदैछ । अर्को निर्वाचन पनि आइसक्यो, पार्टीको विधान अधिवेशनसँगै महाधिवेशन पनि गर्नुपर्ने हुन्छ । करिब ३/४ माहिना लग्ने रहेछ । त्यसकारण हालको लागि निर्वाचन केन्द्रित हुनुपर्ने देखिन्छ ।

केन्द्रीय सदस्यलाई सांसद बनाउने, सांसदलाई मन्त्री बनाउने, मन्त्रीलाई संसदीय दलको नेता बनाउने भन्दै झुक्याएर हस्ताक्षर अनि नागरिकताको प्रतिलिपि संकलन सबै पार्टी बिरोधी गतिविधि गलत छ । तर प्रदेश प्रमुख, मन्त्री बनाउनेदेखि राजदूत बनाउने सबै पार्टी निर्णय अनुसार भएको छ । लिपिबद्ध भएका निर्णयहरु हेर्न पनि सकिन्छ । हाम्रो पार्टी मात्र त्यस्तो पार्टी हो, पार्टी अध्यक्ष म बाहेककाले टिकट बितरण गरियो । बरु नयाँ शाक्तिबाट आएका धेरैले निर्वाचन अर्को पार्टीको प्रचारप्रसार गर्ने र भोट माग्ने, बुथमा प्रतिनिधि बस्ने लगायत अन्तरघात गरियो । तर पनि सक्रिय साथीहरूको मिहिनेतले हाम्रो मत पहिलाको भन्दा दोब्बर अयो । पार्टी एकता गरियो तर उत्पीडित सामुदयको मुद्दा केन्द्रित हुन सकेन ।उही पृथ्वीनारायण शाहसँगै उदाएको नश्लीय एकल पहिचान, राणा, प्रजातन्त्र, बहुदल, गणतन्त्र ब्यबस्था परिवर्तन भए पनि व्यवहारिक रुपमा उत्पीडनबाट मुक्ति, समानता सँगै संमृद्धिकाे अनुभूति हुने गरि जनभावना अनुसार परिवर्तन हुन सकेन अझै संघर्ष जारी छ । निरन्तरता दिन जरुरी छ । पार्टीमा सदस्यता संख्या विविध कारण थपघट हुन्छ । तर सफलतासँगै स्थायित्वका लागि उठान गरेका विचार, दर्शन, सिद्धान्त, मुद्दा केन्द्रित हुनुपर्छ ।

(स्राेतः धनबहादुर तामाङ, संघीय परिषद् सदस्य, जसपा नेपाल ।)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. वास्तवमा महोत्तरी गाउँ पालिका मा अशोक राइ को गल्ती ले जापान हारेको हो ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्