बाबुरामले खाेले उपेन्द्रसँगकाे मुख्य चार विवादकाे विषय

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हाल पार्टीभित्र चार प्रमुख विवाद रहेको बताएका छन् ।

डा. भट्टराई र उपेन्द्र यादवबीचको विवादले जसपा फुटको संघारमा पुगेको बेला भट्टराईले आफूहरुको विवाद ‘व्यक्तित्वको टकराव’ले नभएको जिकिर गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले हिजो ट्वीट गर्दै भनेका छन्, ‘पार्टीभित्रको बहसलाई फगत व्यक्तित्वको टक्करका रुपमा प्रस्तुत गर्नु ठीक हैन । जसपाभित्रको बहसको मुद्दा यी हुन्; क्षेत्रीय कि राष्ट्रिय पार्टी ? सनातनी सत्तामुखी राजनीति कि रुपान्तरणकारी राजनीति ? एकल नेतृत्व कि समावेशी सामूहिक नेतृत्व ? विधिसंगत कि स्वेच्छाचारी कार्यशैली ?’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्