Wednesday, May 31, 2023

नेकपा मालेका पाेलिटब्यूराे सदस्य कुमार श्रेष्ठ राप्रपामा प्रवेश

नेकपा (माले)का पोलिटब्यूरो सदस्य कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् ।

कम्युनिष्ट नेता हुँ भन्ने श्रेष्ठ कमल थापा नेतृत्वकाे राप्रपा नेपालमा प्रवेश गरेका हुन् । श्रेष्ठसँगै मालेका केन्द्रीय सदस्य वीरसिंह तामाङ पनि राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

राप्रपा नेपालका अध्यक्ष थापाले शनिबार उनीहरुलाई पार्टीमा स्वागत गरे ।

सो अवसरमा उनले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगले अगाडि बढ्ने दाबी गरे ।

राजनीतिक दलका नेता, कर्मचारीतन्त्र र बिचौलियाहरूको त्रिशंखु गठबन्धनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै उनले धर्म परिवर्तन, बेरोजगारी, भ्रष्ट र कुशासन अन्त्यको निमित्त जनता जागरुक हुनुपर्ने बताए ।

थापाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, केन्द्र र स्थानीय तहको मात्र संरचना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाले मात्र अहिले देखिएको समस्या समाधन हुने बताए ।

नवप्रवेशी कुमार श्रेष्ठले अब राप्रपा नेपालले अबलम्बन गरेको बाटोबाट मुलुकको स्वाधिनताको रक्षा, प्रजातन्त्रको संरक्षण र मुलुकको समृद्धि हुने निष्कर्षसहित समाहित भएको बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्