सुदन किरातीले भने– कम्तिमा माओवादी नेताहरुले छोराछोरीहरु सरकारी स्कुलमा पढाऔं

नेकपा माओवादीका संघीय सांसद तथा केन्द्रीय सदस्य सुदन किरातीले पार्टी भ्रष्टहरुको अखडा भएको बताएका छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा राखिएको पार्टीको केन्द्रीय समितिको बैठकमा नेता किरातीले सो कुरा बताएका हुन् ।

बैठकमा उनले भने, ‘हाम्रो पार्टी भ्रष्टहरुको अखडा बन्यो, त्यसैले नेतृत्वले केही गर्न सकेन । अध्यक्ष कमरेडको वरिपरि घुमेर ठग्नेहरुले पार्टीलाई बदनाम गरे, त्यस्ता व्यक्तिहरुलाई चिन्न ढिलाइ भयो भने पार्टी रहँदैन ।’

साे क्रममा उनले पार्टीकाे वडा तहकाे जनप्रतिनिधिदेखि केन्द्रीय सदस्यहरुसम्मले छोराछोरीहरुलाई सरकारी विद्यालयमा पढाउनुपर्ने बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img