किरात राई यायोक्खाले ‘किरात प्रदेश’ नामकरणमा सर्वसम्मत निर्णय गर्न दलहरुलाई आग्रह गरेको छ ।
यायोक्खाका अध्यक्ष दिवस राई र महासचिव जनक राईले हिजो एक प्रेस विज्ञप्ति जारी गरी केही पार्टी र नेताहरुले प्रदेश १ को नाम कोशी वा सप्तकोशी राख्नेबारे छलफल चलाइरहेको भन्दै त्यसप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
भूगोल, इतिहास र सभ्यताको आधारमा प्रदेश १ को नाम किरात राख्न माग गर्दै सबै दलका शीर्ष नेता, प्रदेश १ का सभामुख, मुख्यमन्त्री, प्रदेश संसदीय दलका नेताहरुलाई भेटेर आफूहरुले ज्ञापनपत्र दिइसके र पटक पटक आन्दोलन पनि गर्दै आएकोले प्रदेश नामकरणको विषयलाई गम्भीर भएर छलफल चलाउन उनीहरुको माग छ ।
हाल नेकपा एमाले र नेपाली कांग्रेसले प्रदेशको नाम कोशी वा सप्तकोशी राख्ने प्रयास गरिरहेका छन् । बाँकी दलहरु भने किरात प्रदेश राख्नेबारे सकारात्मक छन् ।




