धरानकाे रेल्वेमा प्रदेश १ कै आधुनिक पुस्तकालय बन्दै

प्रदेश १ को धरान उपमहानगरपालिका–१७ रेल्वेमा एक आधुनिक प्रकारको पुस्तकालय निर्माण गरिदै छ ।

‘रिड नेपाल’को आर्थिक सहयोगमा ‘सुनौलो सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र’को निर्माण भइरहेको हो । जसलाई प्रदेश १ कै आधुनिक पुस्तकालय भनिएको छ ।

‘सुनौलो पुस्तकालय’लाई नै हाल सुनौलो पुस्तकालय तथा स्रोत केन्द्रको रुपमा विस्तार गरिएको हो ।

पुस्तकालयका सामाजिक परिचालक तथा लेखा प्रमुख मोहन तामाङकाअनुसार रिड नेपालले पुस्तकालयलाई समुदाय समेत सशक्तिकरण गर्ने गरी स्रोत केन्द्रको रुपमा विकास गर्दै आएको छ ।

‘ग्रामिण क्षेत्रमा यसलाई उहाँहरु (रिड नेपाल)ले पुस्तकालय मात्रै भन्नुहुन्न,’ तामाङले भने, ‘उहाँहरुले यसलाई पुस्तकालय तथा स्रोत केन्द्रको रुपमा विकास गरेर लैजाने गरेको रहेछ ।’

उनले भवनभित्र एक पुस्तकालय कक्षका साथै महिला, बालबालिका, युवा लगायतको अलग–अलग खण्ड हुने बताए ।

पुस्तकालय १ करोड ४८ लाख रुपैयाँमा निर्माण गर्ने गरी रिड नेपालसँग सम्झौता भएको थियो । जसमध्ये २५ लाख स्थानीय तह र समुदायको योगदानबाट हो ।

दुई वर्षको सम्झौता अवधि आगामी २०२३ को फेब्रुअरीमा सकिदै छ । त्योबेलासम्म पुस्तकालय निर्माण पूरा गरी सञ्चालनका लागि समुदायमा हस्तारण गर्ने योजना छ ।

तामाङका अनुसार रिड नेपालसँग दोस्रो चरणमा ५२ लाख रुपैयाँको पनि सम्झौता भएको छ ।

उक्त बजेटबाट भवनभित्र चाहिने पुस्तकलगायत विभिन्न सेक्सनका लागि सामग्री खरिद गरिने छ ।

जसपा नेताको अवलोकन

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले हिजो उक्त निर्माणाधीन पुस्तकालयको अवलोकन गरेका थिए ।

पुस्तकालयका संस्थापक अध्यक्ष रमेश खड्का नेतृत्वको टोलीले अध्यक्ष राईलाई अवलोकन गराएका हुन् ।

सो क्रममा खड्काले भवनको छतमा ५०, ६० जना मान्छे बस्न मिल्ने ठाउँ रहेको र सो ठाउँमा ट्रसकाे व्यवस्था गरिदिन अध्यक्ष राईसँग आग्रह गरे ।

अध्यक्ष राईले ट्रस निर्माणको लागत तयार पार्न आग्रह गर्दै सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संस्थापक अध्यक्ष रमेश खड्का ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img