किरात एकेडेमी कोषले मुन्दुम अध्येता भोगीराज चाम्लिङलाई ‘किरात एकेडेमी सम्मान’द्वारा सम्मान गरेको छ ।
हिजो काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी चाम्लिङलाई सम्मान गरिएको हो ।
उनलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।
सोही अवसरमा लेखक विप्लव ढकाल र राजकुमार दिक्पाललाई पनि ‘किरात एकेडेमी पुरस्कार’ प्रदान गरिएको थियो । पुरस्कारको राशि संयुक्त ५० हजार रहेको छ ।
ढकाललाई ‘भोजपुरको वाङमय’ र दिक्पाललाई ‘आदिवासी विद्रोहको इतिहास’ कृतिबापत पुरस्कार प्रदान गरिएको हो ।
प्राध्यापक अभी सुवेदीमार्फत चाम्लिङलाई सम्मान तथा ढकाल र दिक्पाललाई पुरस्कार प्रदान गरिएको हो ।