७५ देशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली छ, हामीचाहिँ उल्टो छौं

लेखक तथा राजनीतिज्ञ डम्बर खतिवडाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएको मुलुकहरुमा उच्च आर्थिक तथा मानवीय विकास र सुशासन रहेको बताएका छन् ।

उनले हामी नेपालीहरु भने हरेक चिजको उल्टो प्रयोग र बदनाम गर्न खप्पिस रहेको पनि उल्लेख गरेका छन् ।

नेपालमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने वकालत गर्दै उनले फेसबुकबाट नेपालीहरुमाथि व्यङ्ग्य गरेका हुन् ।

‘विश्वका ७५ देशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली छ । त्यसमा नर्वे, स्वीडेन, फिनल्यान्ड, डेनमार्क, बेल्जियम, कक्जेम्बर्ग, स्वीट्जरल्यान्ड, दक्षिण अफ्रिका जस्ता उच्च आर्थिक तथा मानवीय विकास र सुशासन भएको देशसमेत पर्दछन्,’ उनले लेखेका छन्, ‘हामी भने हरेक चिजको उल्टो प्रयोग र बदनाम गर्न खप्पिस छौं ।’

जनता समाजवादी पार्टी नेपालका पूर्व नेता समेत रहेका खतिवडाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्नेमा जोड दिएका छन् ।

जसपा नेपालले अहिलेको निर्वाचन प्रणालीलाई फेरेर पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउन सके मात्रै समानुपातिक निर्वाचन प्रणालीका नाममा नातागोता, आफन्त र पैसा लिएर सांसद बनाउने गलत प्रवृत्तिको अन्त्य हुने तर्क गर्दै आएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्