उषा राई मृत्यु प्रकरणका आरोपितहरु सार्वजनिक

धरान-१३ की उषा राईकाे मृत्यु प्रकरणका आरोपितहरुलाई जिल्ला प्रहरी कार्यालय धरानले मंगलबार सार्वजनिक गरेको छ ।

प्रहरीले हत्यामा संलग्न रहेको धरान वडा नं १३ सुर्यमार्ग बस्ने मुख्य आरोपी उर्मिला राई, सोही ठाउँ बस्ने रत्न लिम्बु, सुमित्रा राई र सुशेली राईलाई सार्वजनिक गरेकाे हाे ।

अन्य आरोपित ३ महिलाहरुको सुनसरी जिल्ला अदालतबाट पकाउ अनुमति लिई खोजी कार्य भइरहेको र अन्य मानिसहरुको सम्बन्धमा समेत अनुसन्धान भइरहेकाे प्रहरी नायव उपरिक्षक बुद्ध श्रेष्ठले बताए ।

गत कात्तिक ३ गते मृतक उषा राईलाई आरोपित उर्मिला राई, रत्न लिम्बु, सिर्जना राई, मिना राई, निरकुमारी गुरुङ समेतका महिलाहरुले कुटपिट गरी घाइते बनाएका थिए ।

उषा राईको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंसिर १३ गते मृत्यु भएको थियो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img