किरात राई कर्मचारी मञ्चकाे अध्यक्षमा पुनः खिलराज राई

किरात राई कर्मचारी मञ्चकाे अध्यक्षमा दोस्रोपटक खिलराज राई निर्वाचित भएका छन् ।

शनिबार काठमाडाै‌‌काे कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा आयोजित मञ्चको पाँचौ केन्द्रीय सभाले यसअघि पनि अध्यक्ष रहेका खिलराज राईलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

मञ्चको उपाध्यक्षमा अनिल किराती र कोपिला राई निर्वाचित भएका छन् ।

महासचिवमा अविलाल राई, सचिवमा योग्यप्रसाद राई, जंगबहादुर राई, कोषाध्यक्षमा ध्यानविर राई, सह-कोषाध्यक्षमा विश्वनाथ राई र चन्द्रशेर राई निर्वाचित भएका छन् ।

मञ्चका अध्यक्षसहितका सबै पदाधिकारीहरु सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

सदस्यहरुमा रन्जना राई, सदन राई, हिराधन राई, सन्जिब राई, बलराम राई, खोमबहादुर राई, शान्तराज राई, रेखा राई, खम्बराज राई, पुजा राई, शकुन्तला राई, नानुकला राई, नवीन राई, संगम राई, अन्जना राई, विनोद राई, विकास राई, तारादेवी राई, उषाकुमारी राई, धनमाया राई, मैया राई र जितबहादुर राई रहेका छन् ।

मञ्च विभिन्न सरकारी निकायहरुमा कार्यरत किरात राई कर्मचारीहरुको संगठन हो ।

पाँचौ केन्द्रीय सभाको उद्घाटन शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले गरेका थिए ।

हाल देशभर करिब २५ सय किरात राईहरु सरकारी कर्मचारीकाे रुपमा कार्यरत रहेका छन् ।

किरात राई कर्मचारी मञ्च हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ । सम्पादक

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img