धरान उपमहानगरका मेयर हर्क साम्पाङले राजतन्त्रको कुरा गर्ने भए प्रथम किरात राजा यलम्बरको कुरा गर्न आग्रह गरेका छन् ।
विवादास्पद मेडिकल व्यावसायी दुर्गा प्रसाईंको नेतृत्वमा बिहीबार काठमाडौंमा राजतन्त्र फकाउने मागसहितको प्रदर्शन गरेपछि मेयर साम्पाङले ट्वीट गर्दै नेपालको सबैभन्दा पहिलो राजा यलम्बरको कुरा गर्नुपर्ने उल्लेख गरेका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नै उत्तम व्यवस्था रहेको बताउने मेयर साम्पाङले ट्वीटरमा लेखेका छन्, ‘राजा यलम्बर जिन्दावाद । नेपालको सबैभन्दा पहिलो राजा र सबैभन्दा प्रतापी राजा यलम्बरको जय होस् । राजतन्त्रको कुरा गर्ने भए यलम्बरको कुरा गरौ ।’
राजा यलम्बर जिन्दावाद ! नेपालको सबै भन्दा पहिलो राजा र सबै भन्दा प्रतापी राजा यलम्बरको जय होस् ! राजतन्त्रको कुरा गर्ने भए यलम्बरको कुरा गरौँ ! pic.twitter.com/orcfUjo36G
— Hark Sampang A revolution (@hark_sampang) November 24, 2023