किरात बायुङ राई सुम्निखिमले मनायाे तेस्राे वार्षिकाेत्सव

किरात बायुङ राई सुम्निखिमले शुक्रबार [५ जनवरी] तेस्राे वार्षिकाेत्सव मनाएकाे छ ।

काठमाडाैंस्थित सुम्निखिमकाे केन्द्रीय कार्यालयमा ज्ञान बायुङ राईकाे अध्यक्षतामा एक कार्यक्रमकाे आयाेजना गरी वार्षिकाेत्सव मनाएकाे हाे ।

कार्यक्रममा जिमी राई उत्थान समाज [साेलु]का केन्द्रीय अध्यक्ष बायुङ सेचोचा राई प्रमुख अतिथि, किरात प्रज्ञा परिषद्का उपकुलपति एवम् दुमी किरात राई फन्सिखिमका केन्द्रीय अध्यक्ष डा. नेत्रमणि दुमी राई विशेष अतिथि लगायत थिए ।

प्रचार विभाग प्रमुख रविन बायुङ राईले सञ्चालन गरेकाे कार्यक्रममा उपाध्यक्ष दिपक बायुङ राईले स्वागत मन्तव्य राखेका थिए ।

साे अवसरमा प्रत्येक वर्ष प्रकाशन हुने संस्थाको  मुखपत्र चासुवाकाे लोकार्पण गरिएकाे थियाे । साे क्रममा संस्थागत गतिविधिबारे खोज तथा अनुसन्धान विभागका प्रमुख लोक बायुङ राईले जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथिका साथै सांस्कृतिक अभियान्ता मणि बान्तावा राईले शुभकामना दिएका थिए ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा पहिलो पटक बायुङ भाषा समेटिएका छ ।

जसमा बायुङ राई मातृभाषा बोल्नेको संख्या १४ हजार ४४९ रहेको छ । यस्तै गरी दोस्रो भाषाकाे रूपमा बायुङ भाषा बोल्नेकाे संख्या १५ हजार १०४ र पुर्खाको भाषाकाे रुपमा बायुङ भाषा लेखाउनेकाे संख्या १५ हजार २९० रहेकाे छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

1 COMMENT

  1. राम्रो काम सधै यसैगरि राम्रो गर्दै जानू होला समग्र सुम्निखिम परिवारलाइ हैंसेमा होष्ठे छ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img