प्रा. महेन्द्र लावती

इलाम-२ को उपनिर्वाचन पहिचानवादीहरुकाे लागि एउटा ‘ट्रायल’ हुँदैछ भन्दा अत्युक्ति नहोला ।

४१ भन्दा बढी घटक संस्था रहेकाे प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले डकेन्द्रसिंह थेगिमलाई साे क्षेत्रकाे साझा उम्मेदवार घोषणा गरेकाे छ ।

आगामी वैशाख १५ गते हुने मतदानमा थेगिम विजयी होला ? वा उनले कति मत पाउला भन्ने सवाल पहिचानवादीहरुकाे लागि ठुलो प्रतिष्ठाकाे विषय बनेको छ ।

पहिचानवादी पार्टी भनिने जनता समाजवादी पार्टी (जसपा)ले के गर्ला ? नेकपा माओवादी केन्द्रले के गर्ला ?

थेगिमलाई नै समर्थन गर्ला त ? यी प्रश्चकाे उत्तर अब चाडै आउने छ ।

जसपानिकट प्राध्यापक डा. महेन्द्र लावतीले माओवादीले संघर्ष समितिकाे साझा उम्मेदवारलाई सघाएन उसकाे पहिचानविरोधी मुकुन्डोकाे पर्दाफास हुने टिप्पणी गरेका छन् ।

माओवादीले डकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार मान्नैपर्ने उनकाे दबाब छ ।

तर पुनः वाम एकता गर्ने भन्दै नेकपा एमालेसँग गठबन्धन गरेर नयाँ सरकार बनाएकाे माओवादीले इलाम-२ बारे निर्णय गर्न बाँकी छ ।

एमालेले भने दिवंगत पूर्वसभामुख सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेवार खडा गरेकाे छ ।

यसबारे जसपाले पनि निर्णय गर्न बाँकी छ ।

यसपल्ट पहिचानवादी दाबी कायम राख्ने हो भने माओवादीले मात्र होइन जसपाले पनि डकेन्द्रसिंह थेगिमलाई सघाउनुपर्ने हुन्छ ।