यायोक्खा बेलायतका अध्यक्ष तथा पूर्व ब्रिटिश आर्मी याेगेश राई ठगीमा पक्राउ

किरात राई यायोक्खा बेलायतका अध्यक्ष तथा ब्रिटिश गोर्खा आर्मीका निवृत्त मेजर योगेश राईलाई ठगी गरेको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।

उनीमाथि रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार तीन सय रुपैयाँ ठगी गरेको आरोप छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार राईले रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार तीन सय रुपैयाँ ठगी गरेका हुन् ।

हाल उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

पछिल्लो समय ‘इमान्दार भनिने’ भूतपूर्व ब्रिटिश गोर्खा आर्मीहरु रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ठगी आरोपमा पक्राउ पर्न थालेका छन् ।

आर्थिक हिसाबले सम्पन्न मानिने भूतपूर्व ब्रिटिश सैनिकहरुले बेलायत पठाइदिन मोटो रकम लिने तर उनीहरुलाई बेलायत नपठाएर ठगी गरेको समाचार यसअघि पनि आएकाे थियाे ।

पक्राउ परेका राई बेलायतमा रहेकाे नेपाली सुनचाँदी व्यवसायीहरुकाे संगठनकाे पनि अध्यक्ष हुन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img