जनता समाजवादी पार्टीको झापा जिल्ला समिति समर कुमार राईको अध्यक्षतामा गठन गरिएको छ ।
जसपाका नेता रणध्वज कन्दङ्वाको उपस्थितिमा गत जेठ ३० गते आयोजित भेलाले राईको अध्यक्षतामा २७ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा सन्तोष कुमार गणेश र ज्ञानेन्द्र कुरुम्बाङ लिम्बु चयन भएका छन् भने रोम घिमिरे छानिएका छन् ।
उपसचिवमा लक्ष्मी योङहाङ लिम्बु, चिजा राई, गीता आङदेम्बे र कोषाध्यक्षमा विनिता राजवंशी चयन भएका छन् ।
भेलामा जसपा नेता तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप यादव, जसपाकी प्रदेश सांसद निर्मला तावा लिम्बु, जसपा नेताहरु आङकाजी शेर्पा, रमेश राई लगायतकाे उपस्थिति थियो ।
भेला दिपेन वाला राईको अध्यक्षतामा भएको हो । उनी उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित हुनुअघिसम्म पार्टीका जिल्ला अध्यक्ष थिए ।
पूर्वमन्त्री तथा पहिचान आन्दोलनका शिखर नेता अशोक राईको नेतृत्वमा नयाँ दलकाे रुपमा जसपा निर्माण भएपछि हाल सो पार्टीले जिल्ला जिल्लामा संगठन निर्माण गरिरहेको छ ।