अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङमा सडक भासिएको छ ।
भोजपुर–चखेवा सडक खण्डको मेस्पाङमा करिब ६० मिटर सडक भासिएको हो ।
कालोपत्रे गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएकाे टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन् । उक्त स्थानमा आज बिहान सडक भासिएको हो ।
‘वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ’, उपाध्यक्ष राईले भनिन्, ’सडकमा ठुलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयो भने अझ बढी क्षति हुन सक्छ ।’