‘कोशी नाम विरुद्धको आन्दोलनमा कहिल्यै थाक्ने छैनौ’

पहिचान आन्दोलनका नेता डकेन्द्रसिंह थेगिमले आफूहरुको आन्दोलनलाई सरकारले नजरअन्दाज गरे भोलिका दिनमा विद्रोह हुने चेतावनी दिएका छन् ।

बुधबार खाेटाङकाे दिक्तेलमा आयोजित कोशी नाम खारेजी सम्बन्धी अन्तरक्रियात्मक अभियानमा उनले भने, ‘हाम्रो शान्तिपूर्ण आन्दोलनलाई नजरअन्दाज गरेर प्रदेश सरकारले मिच्ने काम गर्यो भने विद्रोहकाे रुप लिन सक्छ ।’

पहिचानसहितकाे प्रदेश पुनःनामांकन अभियान समितिका संयाेजक समेत रहेका उनले जबसम्म भाषा, संस्कृति, इतिहास र सभ्यताकाे आधारमा प्रदेश नामकरण गरिँदैन, तबसम्म आन्दोलन जारी रहने बताए ।

उनले भने, ‘जबसम्म पहिचानको आधारमा, भाषा, संस्कृति, सभ्यता र इतिहासको आधारमा नामकरण हुने गरी कोशी नाम खारेज गरिँदैन तबसम्म हामी आन्दोलन गरिरहने छौं, हामी कहिले थाक्ने छैनौं ।’

उनले आफूहरुको आन्दोलन लामो हुन सक्ने बताए ।

उनले पल्लो किरात लिम्बुवान, माझ किरात र वल्लो किरात भनेर लेखापढीको कागजमै लेख्ने गरिएको स्मरण गर्दै कोशी नाम अराष्ट्रिय भएको बताए ।

कोशी नेपालको सिमानादेखि पारि भारततिरको नदीलाई भनिने भएकोले त्यो नाम राष्ट्रिय नभएको उनको तर्क छ ।

तस्बिर निर्मल राईबाट ।

कार्यक्रममा जनता समाजवादी पार्टीका नेता रमेश राई, किरात राई यायोक्खाका उपाध्यक्ष जनक राई, राष्ट्रिय जनमुक्तिका नेता एलबी पालुङ्वा, किराती राष्ट्रिय मुक्ति माेर्चाका नेता अशाेक राई, जसपा नेपालका नेता प्रेमकुमार राई पहिचानवादी मोर्चाका सन्तराम मारेङहाङ लिम्बु, विष्णुराज राईलगायत विचार व्यक्त गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्