फोक्सिङटारकाे सडक पुल सुनकाेसीकाे बाढीले बगायो

अविरल वर्षापछि आएको भीषण बाढीले शनिबार खोटाङ र उदयपुरलाई जोड्ने फोक्सिङटारस्थित सुनकोसीको पक्की सडक पुल बगाएको छ ।

स्थानीय ज्ञान राईले सुनकोसीमा आएको भीषण बाढीले फोक्सिङटारको सडक पुल बगाएको बताए ।

उक्त सडक पुलले खोटाङ जिल्लालाई सिधा तराईसँग जोडेको थियो ।

ठेकेदारको लापरबाही र स्थानीयको पटक–पटकको दबाबपछि बल्ल बल्ल दश वर्षमा पुल बनेको थियो ।

२२ करोड ६७ लाख रुपैयाँमा निर्माण गरिएको उक्त पुल २०७९ सालको पुसदेखि सञ्चालनमा ल्याइएको थियो ।

प्रदेश सांसद भुपेन्द्र राईले उक्त पुल बगाएपछि प्राकृतिक विपदले खोटाङ जिल्लालाई ठुलो धक्का दिएको जनाएका छन् ।

‘तराईसँग जोड्ने फोक्सिङटाको पुल बगाएर खोटाङ जिल्लालाई फेरि चुनौती दिएकोे छ । यो प्रकृतिले दिएको चुनौती सामना हामी सबै मिलेर गर्नुपर्छ,’ सामाजिक सञ्जालबाट भनेका छन्, ‘पुल, सडक, भवन र बाटोहरु त फेरि पनि बनाउला तर यतिबेला मानवीय क्षति हुनबाट जोगिऔं ।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

1 COMMENT

  1. वास्तविक आजको दिन भनेको कसरी मानबिय क्षेती रोक्ने भन्ने नै सबैको प्राथमिकता हुन जरुरी छ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img