इतिहासकार भगिराज इङ्नामद्वारा लिखित पुस्तक ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ विमोचन गरिएको छ ।
शुक्रबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तिलबिक्रम नेम्वाङसहितले उक्त पुस्तक विमोचन गरेका हुन् ।
चुम्लुङका अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा इतिहासविद् दिनेशराज पन्तका साथै लिम्बु समुदायका अगुवाहरु सहभागी भएका थिए ।
इङ्नामले यसअघि ‘लिम्बुवानका ऐतिहासिक दस्तावेज सङ्ग्रह’ नामक पुस्तक पनि सार्वजनिक गरेका थिए । जुन पुस्तकले मदन पुरस्कार प्राप्त गरेको थियो ।
इङ्नामको हाल विमोचन गरिएको पुस्तक पनि राणा तथा शाहकालिन दस्तावेजहरुको सङ्ग्रह नै हो ।
मुन्दुम एकेडेमी प्रकाशक रहेको उक्त पुस्तकको मुल्य २ हजार रुपैयाँ राखिएको छ । पुस्तक ८५० पेजको छ ।
‘DHEBA’CHAHI KATI HO NI PATRAKAR JYU ? SO SUCHANA PANI DIYEKO BHAYE PO….?!….