माओवादी सकियो भन्ने बजारिया हल्ला झुटो सावित भयाे

स्थानीय तहका प्रतिनिधिहरुका खाली स्थानमा भएको उपनिर्वाचन सकियो । राजनीतिक दलहरुले आआफ्ना पार्टी बैठकहरुमा चुनावी परिणामको समीक्षा गर्दै गर्लान् ।

ठूला सञ्चारमाध्यमहरुले निर्वाचन परिणामको गहिरो विवेचना गर्ने रुचि राखेको देखिएन ।

स्वतन्त्र पर्यवेक्षकीय दृष्टिले हेर्दा परिणाम यस्तो देखिँदो रहेछ:

१).वैकल्पिक भनिएका नयाँ दलहरुप्रति मतदाताले विश्वास गरेनन् ।

२). ठूला पार्टीहरुप्रति पनि मतदाताको भरोसा डगमगाएको देखियो र कैयौं स्थानमा मत परिवर्तन भएको पनि देखियो । अर्थात् एमाले, कांग्रेस र माओवादीका सिटहरु साटिए ।

३). माओवादी सकियो भन्ने बजारिया हल्ला झुटो रहेछ भन्ने सावित भयो ।

४). एक्लाएक्लै चुनाव लड्ने भन्ने नेपाली कांग्रेस र एमाले आफ्नो भनाइमा अडिन सकेनन् । र १०-११ स्थानमा माकेविरुद्ध एमाले कांग्रेसले गठबन्धन गरेको देखियो ।

५). सत्तारुढ दुई पार्टीहरुले आपसमा तालमेल गरेरै भए पनि माओवादी आफ्नो पुरानो प्रभाव क्षेत्रमा कमजोर भएको छ भन्ने भाष्य निर्माण गर्न सफल भए पनि नयाँ स्थानहरुमा जित निकालेर माकेले क्षतिपूर्ती गर्न सफल भएको देखियो ।

६). कांग्रेस एमालेले साँच्चै एक्लाएक्लै लड्ने हिम्मत गरेका भए माओवादी केन्द्र सबभन्दा ठूलो दलको रुपमा देखिँदो रहेछ भन्ने कुरा पनि स्पष्ट भयो ।

७). माओवादी केन्द्रको स्थिति अपेक्षाकृत राम्रो देखिए पनि त्यसको कारण उसको लोकप्रियता बढेको भने होइन । नेपाली मतदातको रोजाईमा माके पर्नुको मुख्य कारण कांग्रेस र एमालेप्रतिको असन्तुष्टि र नयाँ पार्टीहरुप्रतिको वितृष्णा हो भन्नू अत्युक्ती हुँदैन ।

८). जताततै राप्रपाका उमेदवारहरुको जमानत जफत गराएर नेपाली जनताले राजतन्त्रप्रतिको अरुचि मेटिएको छैन भन्ने कुरा सिद्ध गरिदिए ।

९). धर्मनिरपेक्षताप्रति नेपाली जनमत दृढ रहेको छ भन्ने कुरा पनि मतपरिणामले देखायो ।

यसपटकको उपनिर्वाचनलाई २०८४ को निर्वाचनको लागि मिनि जनमत संग्रहको रुपमा मान्ने हो भने माओवादीका छरिएका टुक्रासहित अन्य साना कम्युनिष्ट घटकहरु मिलेर माकेको नेतृत्व चुनावी मैदानमा उत्रने हो भने सबैभन्दा ठूलो दलको रुपमा उदाउन सक्ने सम्भावना देखियो ।

अथवा समाजवादी मोर्चालाई अझ सुदृढ बनाएर चुनावमा उत्रने तयारी आजैबाट थाल्ने हो भने अझ राम्रो परिणामको सम्भावना स्पष्ट देखियो ।

(याे सामग्री बाँनियाकाे फेसबुकबाट लिइएकाे हाे ।)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. जनमत हेर्दा निरास माओवादी पार्टीका कार्यकर्ताहरु निरास हुनु पर्ने देखिदैन।थप मेहेनत गर्दै गए अझ बलियो हुने देखिन्छ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्