एमाले-कांग्रेसका राई लिम्बु कार्यकर्ताका लागि

एमाले-कांग्रेसका राई लिम्बु कार्यकर्ताका लागि प्रच्ण्ड, देउवा प्रधानमन्त्री-शेरधन राई, भिम आचार्य, उद्धव थापा मुख्यमन्त्री हुँदा किरातीहरुको महान चाड साकेला/चासोक उधौली र उभौलीमा शुभकामा आउँथ्यो ।

केपी ओली र हिक्मत कार्की प्रधानमन्त्री, मुख्यमन्त्री हुँदा हिन्दु, बौद्ध, इसाई, मुस्लिम लगायतको चाड हुँदा बिहानै शुभकामना पत्र लेखेर प्रचार हुन्छ र हुनुपर्छ । पत्रहरु १ नम्बर प्रदेशमा सबैभन्दा, बढी राई र लिम्बू कार्यकर्ताले प्रचार गर्छन् ।

अघिल्लो पटक केदार कार्की मुख्यमन्त्री हुँदा कोशी नाम बिनाको शुभकामना पत्र आउँदा किरातीहरुले त्यो पत्र व्यापक प्रचार गरेका थिए । किन कोशी नाम आएन भनेर केहीमा छलफल पनि भएको थियो ।

अघिल्लो पटक हिक्मत कार्की मुख्यमन्त्री हुँदा शुभकामना नदिएकोबारे किराँती तप्कामा खुल्दुली भएको थियो ।

३० मंसिरमा किरातीहरुको महान चाड उधौली साकेला/चासोक थियो । प्रदेशका मुख्यमन्त्रीले कोशी नामसहितको पत्रमा शुभकामना दिएछन् ।

यो पत्रको खास प्रचार भएको पाइएन । किनकि कोशी नाम भएको पत्रमा शुभकामना आउनुभन्दा नआएकै बेस मान्छन् किरातीहरु ।

प्रधानमन्त्री केपी ओलीबाट भने किराँती समुदायप्रती सद्भाव देखिएन । हेर्न पाइएन । कोशी शब्द बिनाको शुभकामना प्रचण्ड हुँदा आएको थियो ।

आफ्नो चाड र समुदायप्रती अध्यक्ष/प्रधानमन्त्री ओली र मुख्यमन्त्री हिक्मत कार्कीको बुझाइ के हो ? यति पनि हेक्का नराख्ने कसका लागि र किन राजनीति गर्ने हो ?

सँधै जुठोपुरो र भनेको मान्नको लागि मात्र जो राजनीति ? एक पेट त पशु, किटपतङले पनि खाएर बाँचेकै छन् ।

देखाउनको लागि शुभकामना र सद्भाव राई, लिम्बु, धिमाल, राजवंशीलाई चाहिन्न । तर, नेताको अगाडि पुच्छर लुकाएर लुरुक्क पर्दा सन्तानले के सिक्छ र पाउँछ ?

ढोल/च्याब्रुङको छाला बोकेर हिँड्दा युवाहरु जेल जानु परिरहेको छ । आफ्नै समुदाय, संस्कृति, संस्काए, भाषा, लिपिको लागि बोल्न नसक्ने/नबोल्ने अनि बडा ठुलो मान्छे बन्न टिकटको आशमा निरर्थक र पाउ मोलेर दरसन्तानलाई यस्तै संस्कार नसिकाउ ।

जनता भनेकै राई, लिम्बु, दलित, मधेशी, मुल्सिम खस/आर्य हुन् । यी समुदायको नाम उच्चारण कहिल्यै गर्न नचाहने अधिकारको कुरा गर्दा नानाभाती आरोप लगाउने नेतालाई सँधै ढोगी रहने ?

प्रदेशबासीले कोशी नाम कुनै हालतमा मान्दैन भन्ने दुबैलाई थाहा छ । तर, एमाले-कांग्रेसभित्रका राईहरुलाई आधुनिक दास बनाएर प्रयोग गर्न सकिन्जेल, दिएको खाने, भनेको मान्ने अवस्थामा रहेसम्म यहाँ ढोलको छाला सहज रुपमा पाइन्न ।

त्यसैले बिस्तारै बुझ्दै गएका छन् । राजनीति गर्छौ भने स्वाभिमानको साथ गरौ ।

प्रधानमन्त्रीले अन्यलाई दिने शुभकामना दिने किरात चाडमा नदिने, कोशी नाम हटाउँदै मेट्दै हिँडेको देखेर पनि मुख्यमन्त्री हिक्मत कार्कीले कोशी लेखेरै मात्र शुभकामना लेख्नुपर्ने किन ?

यति त कार्यकर्ताले बुझ्ने अनि सोधी, खोजी हुनुपर्छ होला नि ? (राईकाे फेसबुकबाट)

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

1 COMMENT

  1. विचरा ‘राई !’ ज्यूहरु, कहिलेसम्म कथित् ‘राई !’ जातिका नाममा कुर्ली रहने हुन ???…

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img