फोक्सिङटारमा बेलीब्रिज सञ्चालन

सगरमाथा लोकमार्ग अन्तर्गत खोटाङ र उदयपुरलाई जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदिमाथि जोडिएको बेलीब्रिज सञ्चालनमा ल्याइएको छ ।

कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शुक्रबार बिहान ५० मिटर लामो उक्त बेलीब्रिजको उद्घाटन गरे ।

उनी कांग्रेस नेता हुन् ।

बेलीब्रिज उद्घाटन गर्दै

बेलीब्रिज सञ्चालन भएसँगै खोटाङ जिल्ला पुनः तराईसँगको सिधा यातायात सेवामा जोडिएको छ । उक्त स्थानमा १३ वर्ष लगाएर पक्की सडक पुल निर्माण गरिएको थियो ।

तर, उक्त पुल सञ्चालन भएको डेढ वर्षमै गत असोज १२ गते नदीमा आएको भीषण बाढीले भत्काएको थियो ।
बेलीब्रिज १ करोड २ लाख रुपैयाँमा आर्यन कन्ट्रक्शन मल्टिपर्पोज प्रा.लि.ले निर्माण गरेको हो ।

वर्खायाममा उक्त पुल पुन निकालिने छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्