दलित, आदिवासी जनजाति र पिछडावर्ग मिलेर संघर्ष गर्नुपर्छ

नेपाल पिछडावर्ग (ओबीसी) महासंघको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट गजेन्द्र ठाकुर अध्यक्षमा पुनः सर्वसहमतिले चयन भएका छन् ।

महाधिवेशनका प्रमुख अतिथि पूर्वमन्त्री डा.केशवमान शाक्यले अधिकारका लागि दलित, आदिवासी जनजाति र ओबीसी मिलेर राज्यसँग लड्नुपर्ने धारणा राखे ।

उनले भने, ‘नेपालका मूल निवासी दलित, आदिवासी जनजाति र पिछडावर्गबिच कार्यगत एकता नहुँदा केही खास वर्गले राज्यका निकायहरूमा पकड बनाएका छन् ।’

शाक्यले नेपालको संविधानअनुरुप गठन भएका दलित आयोग, आदिवासी जनजाति आयोग, मुस्लिम आयोग, मधेशी आयोग जस्तै पिछडावर्ग आयोग गठन हुनुपर्ने बताए ।

ओबीसीका नवनिर्वाचित अध्यक्ष ठाकुरले ओबीसीको थर सूचिकरण गरी पिछडावर्ग आरक्षण लागू गर्न माग गरेका छन् ।

उनले संघीय र प्रादेशिक सरकारले पिछडावर्गको नाममा आएको बजेटलाई कार्यान्वयन नगरी फ्रिज गर्दै आएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने, ‘समावेशी आयोगले पिछडावर्गको थर सूचीकरण गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउँदा पनि मन्त्रालयले कुनै वास्ता गरिरहेको छैन । मन्त्रालयले अविलम्ब थर सूचीकरणलाई संसदमा पेस गरी पारित गर्नुपर्छ ।’

मंगलबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा सम्पन्न महाधिवेशनबाट अध्यक्ष ठाकुरसहित १३ सदस्यीय केन्द्रीय समिति चयन भएको हो ।

महासंघकाे उपाध्यक्षमा द्वय सुरेशचन्द्र राय र उपेन्द्र प्रसाद चौधरी, महासचिवमा तुफानी ठाकुर, सचिवमा द्वय बुधराम पाल र सुधा कुमारी यादव, कोषाध्यक्ष फुलतारण कुमारी र प्रवक्ता शिवकुमार साह मनोनित भएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्