मगर समुदायले फागुन १५ गते ४३औं मगर एकता दिवस मनाउँदैछन् ।

मगर समुदाय जनसंख्याकाे हिसाबले आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठुलो जाति हाे ।

मगर एकता दिवसकाे अवसरमा स्याङ्जाका मगर बाहुल्यता भएकाे विभिन्न पालिकाहरूले फागुन १५ गते सार्वजनिक बिदा दिएका छन् ।

स्याङ्जामा ११ वटा पालिका रहेकाेमा ८ वटाले सार्वजनिक बिदा दिएका हुन् ।

गल्याङ नगरपालिका, वालिङ नगरपालिका, भीरकाेट नगरपालिका, पुतलीबजार नगरपालिका, चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, बिरुवा गाउँपालिका र हरिनास गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

मगर जातीको बाहुल्यता रहेको र मगर संस्कृति संरक्षणका लागि सार्वजनिक बिदा दिइएको सम्बन्धित पालिकाले जनाएका छन् ।

सम्बन्धित पालिका अन्तर्गतका सबै सार्वजनिक निकायहरू पालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था लगायतका सार्वजनिक संघसंस्थाहरूमा बिदा दिने निर्णय गरिएको जनाइएकाे छ ।

मगर समुदायले फागुन १५ गते सार्वजनिक बिदा दिनुपर्ने, नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।

सरकारले सधैं बेवास्ता गरिरहेकाे उनीहरूकाे गुनासाे छ ।

(मगर समुदायले फागुन १५ गते ४३ औँ मगर एकता दिवस मनाउँदैछन् हुनुपर्नेमा अन्यथा भएकाेमा सच्याइएकाे छ । स.)