गैरआवासीय नेपाली संस्था (एनआरएनए) को सचिव पदमा विस्वासदीप तिगेलाले उम्मेदवारी दिएका छन् ।
काठमाडौंको ह्यात रिजेन्सीमा सुरू भएको महाधिवेशनमा तिगेलाले उम्मेदवारी दिएका हुन् ।
सर्वोच्च अदालतबाट पुन:स्थापित गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिले वैशाख २० देखि २२ सम्म एकता महाधिवेशन तय गरेअनुसार सुरू भएको हो ।
परराष्ट्रमन्त्री आरजु देउवा राणाबाट समुदघाटित महाधिवेशनमा ६० देशबाट २ हजार ६४३ जना प्रतिनिधि सहभागी भएका छन् ।


