खाेटाङमा श्रीमतीकाे कुटाइबाट श्रीमान्काे मृत्यु भएकाे छ । मृत्यु हुने व्यक्ति हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले माथिल्लो चिचिङ्गका ५१ वर्षीय पाँचकर्ण राई हुन् ।

उनलाई उनकी ५३ वर्षीया श्रीमती रेनुका राईले शनिबार बिहान मकैबारी जाेत्ने क्रममा विवाद हुँदा काेदालाेकाे पासाेले हानेकी थिइन् ।

प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएकाे छ ।

गम्भीर घाइते भएका पाँचकर्णलाई नगर अस्पताल दुर्छिममा उपचारका लागि लगिएकाे थियाे । नगर अस्पतालमा उपचार सम्भव नभएपछि तत्काल हेलिकप्टरबाट काठमाडाैं लगिएकाे थियाे ।

तर, काठमाडाैंकाे अन्नपूर्ण न्युराे अस्पतालमा उपचारकाे क्रममा शनिबार बेलुकी उनकाे मृत्यु भएकाे चिकित्सकहरूले घाेषणा गरेका थिए ।