जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले २०६२/६३ सालको जनआन्दोलनको प्रमुख उपलब्धिहरूमध्ये गणतन्त्र एक भएको उल्लेख गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा विहीबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राईले गणतन्त्र जनआन्दोलनको एक प्रमुख उपलब्धि रहेको बताएका हुन् ।
‘२०६२/६३ सालमा भएको महान लोकतान्त्रिक जनआन्दोलनको प्रमुख उपलब्धि मध्ये एक गणतन्त्रको स्थापना पनि हो,’ शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली जनताको यो युगान्तकारी राजनीतिक उपलब्धिलाई अझै व्यवस्थित, सुदृढ र संस्थागत बनाउँदै सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद प्राप्तिको लागि सशक्त ढङ्गले अघि बढ्ने प्रतिवद्धता, उत्साह र प्रेरणा यस गणतन्त्र दिवसले हामी सबैमा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु ।’


