सिन्धुलीमा रहस्यमय घटनाः एकै परिवारका १६ जना बेपत्ता

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पा नजिकै भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बस्दै आएका एकै परिवारको १६ जना तीन दिनदेखि हराइरहेका छन्।

उर्मिला हायुकाे १६ जनाको परिवारकाे सदस्यहरू आफ्ना भाडाकुडा, कुखुरा, बाख्रा, भैसी छोडेर अलपत्र भएका हुन्।

कसैलाई खबर नगरी उनीहरू कहाँ गए वा कसरी बेपत्ता भए भन्ने विषयमा अहिले चासो भइरहेको छ ।

बेपत्ताहरूको नामावलीः

बेपत्ता भएकाहरूकाे नामावली

जंगलको बिचमा एउटा घरमा उनीहरू बस्दै आएका थिए । तर, उक्त घर पनि उनीहरूको नभएकाे पत्ता लागेकाे सिन्धुलीका पत्रकार डन्ड गुरुङले बताए ।

उनीहरूले गत साउन ६ गते मात्रै सरकारले दिने सामाजिक सुरक्षा भत्ता अनुरूप १ लाख ९२ हजार रुपैयाँ बैंकबाट झिकेकाे पत्ता लागेकाे छ ।

प्रहरीले हायु परिवार बेपत्ता भएको खबर पाउनासाथ खोजी कार्य अघि बढाएकाे छ ।

परिवारकाे घरमुली उर्मिला हायु हुन् । उनकाे जेठा छोरा २९ वर्षीय राजु हायु पनि तिन दिनअघि मात्रै विदेशबाट आएको पत्ता लागेको छ ।

उर्मिलाका श्रीमान पनि तीन वर्षअघि बेपत्ता भएका थिए। उनकाे शव पछि जंगलमा कंकालकाे रूपमा भेटिएकाे थियाे ।

हायु परिवार बस्ने घर।
हायु परिवार बेपत्ता भएपछि पुगेका प्रहरी र स्थानीयबासी।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img