नेपाल आदिवासी जनजाति महासंघले यही अगस्ट ९ मा ‘प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट्रसंघका एजेन्सी, युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशन कार्यान्वन गराैं’ भन्ने नारासहित ३१औं विश्व आदिवासी दिवस मनाउँदैछ।
हाल, नेपालका आदिवासीहरूको पहिचान र अधिकारको आन्दोलन कमजोर स्थितिमा पुगेको बेला महासंघका पूर्वमहासचिव रहेका आङकाजी शेर्पाले भने विश्व आदिवासी दिवस मनाउने तरिका फेर्नुपर्ने धारणा राखेका छन्।
जनता समाजवादी पार्टीका नेतासमेत रहेका शेर्पाले फेसबुकमा बन्दुक बोकेकाे आफ्नाे तस्बिर राख्दै विश्व आदिवासी दिवस अन्तरक्रिया, र्याली, सांस्कृतिक झाँकी तथा औपचारिक कार्यक्रम गरेर भन्दा अब विद्रोह गरेर मनाउनुपर्ने बताएका छन्।
शेर्पाले लेखेका छन्ः
विश्व आदिवासी दिवसमा आङ काजी शेर्पाको सन्देश। ४०० बर्षको नस्लवादी राज्यसत्ता र
शासक फाल्न, विश्व आदिवासी दिवस एक दिन होइन, ३६५ दिन मनाउनुपर्छ, आदिवसी दिवसको स्वरूप पनि
परिवर्तन गर्नु पर्छ।
१. स्टेजमा बसेर विलौनाको भाषण गर्ने होइन,
२. सडकमा बसेर पहिचानका लागि भीषण बिद्रोहको शंखघोष गर्नु पर्छ।
३. झाकी प्रदर्शन गर्न बजार परिक्रमा गर्ने होइन,
४. घरेलु हतियार बोकेका आदिवासी युवा दस्ताको परेड प्रदर्शन गर्न बजार परिक्रमा गर्नु पर्छ।
५. आदिवासीका पोशाक आदिवासी दिवसमा एकदिन लगाउने बस्तु बनाउनु हुँदैन,
६. आदिवासीको पोशाक सिंहदरबारभित्र दिनदिनै लगाउने राष्ट्रिय पोशाक र विद्यालयको यूनिफर्म बनाउनु पर्छ।
७. आदिवासी दिवसको दिन रक्तदान गर्ने होइन,
८. रगतको बलिदान दिने प्रतिज्ञा गर्नु पर्छ।
९. आदिवासी शासित होइन,
१०. सिंहदरबारभित्र बस्ने शासक बन्ने प्रतिज्ञ गर्नु पर्छ।
११. बाहुन नेताको झोला बोक्ने कार्यकर्ता होइन,
१२. बाहुन नेतालाई झोला बोकाउने दलको अध्यक्ष र सभापति बन्नु पर्छ।
१३. मान्छे काट्ने बाहुन जेलबाट छुटने,
१४. गोरु काट्ने जनजाति जेल हाल्ने विभेदकारी हिन्दुवादी कानुनको जलाउनु पर्छ।
१५. हिन्दुको चाडमा विदा थप्दै जाने,
१६. आदिवासीका चाडपर्वको विदा काट्दै जाने सांस्कृति विभेद विरूद्ध आगो बाल्नु पर्छ।
१७. गैडा हात्ती बदेल संरक्षणका लागि राष्ट्रिय निकुन्ज स्थापना गर्ने,
१८. राउटे कुसुन्डा चेपाङको संरक्षणका लागि स्वायता संरक्षित क्षेत्र स्थापना नगर्ने राज्य संरचना भत्काउनु पर्छ।
१९. बाहुनले जनै फेर्दा राष्ट्रिय समचार बनाउने,
२०. एक करोड आदिवासीले आदिवासी दिवस मनाउँदा समाचार नलेख्ने हिन्दु मिडिया जलाउनु पर्छ।
२१. जात्रा मनाई बस्ने नेवा होइन,
२२. कालु पाँडेको घाँटी छिनाउने कृतिलक्ष्मी बन्नु पर्छ।
२३. माघे सकराटीमा कौडा नाच्ने मगर होइन,
२४. नस्लवादी राज्य विरूद्ध लड्ने प्रथम शहिद लखान थापा बन्नु पर्छ।
२५. ल्होसारमा डम्फु बजाएर तामाङ सेलो गाउने तामाङ होइन,
२६. देवदहमा पृथ्वीनारायण शाह मार्ने रिग्जेन लामा बन्नु पर्छ।
२७. रोदीघरमा रातभरी गीत गाएर रम्ने तमु गुरूङ होइन,
२८. जंगबहादुर राणामाथि आक्रमण गर्ने सुकदेव गुरूङको अवतारी हुनुपर्छ।
२९. बेलायत, यूरोप र अमेरिकामा बसाईसराई गर्ने शेर्पा होइन,
३०. सामान्ती शासको अनुहारमा दिशा दल्ने सहासिक दाटी शेर्पा बन्नु पर्छ।
३१. बेलायत हङकङमा नेपाली नागरिक्ता पाउन आन्दोलन गर्ने भुपू गोर्खा सैनिक लिम्बु र राई होइन,
३२. धर्मनिरपेक्ष, संघीयता र गणतन्त्र विरोधीहरूको छातीमा गोली ठोक्न
लिम्बुवानी र किराती सेना बन्न नेपाल फर्कनु पर्छ।
नेता शेर्पाकाे विचारप्रति तपाईं सहमत हुनुहुन्छ? कमेन्ट गर्नुहाेस्।
