नेपालमा दर्ता गर्न अटेर गरेका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै शुक्रबार बिहानदेखि केही सामाजिक सञ्जाल बन्द हुन थालेका छन्।

सरकारले फेसबुक, युट्युब, एक्ससहित २६ वटा सामाजिक सञ्जाललाई दर्ता गर्नका लागि पटक–पटक ताकेता गर्दै समय तोकेको थियो।

तर दर्ता नगरेपछि सरकारले बिहीबार नेपाल टेलिकमलाई ती सञ्जाल बन्द गर्न निर्देशन दिएको थियो।

टेलिकमले विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई निर्देशन दिएपछि शुक्रबार बिहानदेखि फेसबुक र इन्स्टाग्राम बन्द भइसकेका छन्।

युट्युब भने अझै बन्द भएको छैन तर क्रमशः बन्द गरिने बताइएको छ।