
छिमेकी शक्तिशाली मुलुक चीनको जनमुक्ति सेनाको टोली संयुक्त सैन्य अभ्यासका लागि शुक्रबार काठमाडौं आइपुगेको छ।
‘सगरमाथा फ्रेन्डशिप’ नाम दिइएको उक्त संयुक्त सैन्य अभ्यासको पाँचौँ संस्करण शनिबारदेखि सुरु भई दश दिनसम्म चल्नेछ।
यसका लागि ३७ जना चिनियाँ सेना काठमाडौं आइपुगेका छन्।
गत वर्ष भने चीनको सिचुवान प्रान्तको छेन्दुमा संयुक्त सैन्य अभ्यास भएको थियो। त्यस अवसरमा जंगी अड्डाले नेपाली सेना युद्धकार्य विभागका उपरथी प्रेमध्वज अधिकारीसहित पाँच सदस्यीय टोलीलाई छेन्दु पठाएको थियो।
रक्षा मन्त्रालयका अनुसार चीनको सेना र नेपाली सेनाबीचको संयुक्त सैन्य अभ्यास नियमित कार्यक्रम हो।