नेपाली सेनाले काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रबाट लुटपाटमा संलग्न २६ जनालाई नियन्त्रणमा लिएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध क्षेत्रमा संलग्न २१ जना र नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँचजनालाई नियन्त्रणमा लिइएको हो।
सैनिक स्रोतका अनुसार नियन्त्रणमा लिइएकालाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायलाई बुझाइने तयारी भइरहेको छ।
