राजतन्त्र पक्षधर दुर्गा प्रसाई र संघीयता विराेधी रास्वपा समूहसँग वार्ता गर्नुपर्ने प्रधानसेनापति अशाेकराज सिंग्देलकाे प्रस्ताव अस्वीकार गर्दै जेनजी अभियान्ता रक्षा बम सैनिक मुख्यालयबाट बाहिरिएकी छन्।
उनले बुधबार फेसबुकबाट जानकारी दिँदै प्रधानसेनापतिकाे प्रस्तावले जेनजी आन्दोलनमा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाेले आफू बाहिरिएकाे बताइन्।
उनले फेसबुककाे अर्काे पाेस्टमा सैद्धान्तिक कुरा नै नमिलेपछि आफू सेनाको मुख्यालयबाट बाहिरिएको जनाएकी छन्।


