काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशनमा याक्थुङ/लिम्बु भाषामा स्नातक र स्नातकोत्तर तहका कक्षा सञ्चालन हुने भएका छन्।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन र केयू स्कुल अफ एजुकेशनका डिन प्रा. डा. बालचन्द्र लुइटेलले शुक्रबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार आगामी २०२६ फेब्रुअरीदेखि पहिलो कक्षा सुरु हुनेछ।
याक्थुङ/लिम्बु भाषामा स्नातक र स्नातकोत्तर तहको पढाइ सुरु हुन लागेकाले त्यसलाई भव्य रूपमा सफल पार्न सबै याक्थुङ/लिम्बु समुदायलाई एकजुट हुन अध्यक्ष येक्तेनले अपिल गरेका छन्।


