जनता समाजवादी पार्टी (जसपा) काे सुनसरी जिल्ला समितिको पुनर्गठन कार्यक्रम शुक्रबार बराहक्षेत्र नगरपालिका–६ चक्करघट्टीमा सम्पन्न भएको छ।

जिल्ला संयोजक मनि राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य भिम राई प्रमुख अतिथि थिए।

केन्द्रीय सदस्य तथा कोचिला राष्ट्रिय समिति अध्यक्ष तेजनारायण चौधरी विशेष अतिथि थिए भने १ नम्बर प्रदेश समिति मुख्य सचिव नगेन्द्र पारघरी लिम्बु, किरात राष्ट्रिय समिति मुख्य सचिव राष्ट्रकुमार लोहरूङ लगायत प्रदेश, जिल्ला तथा स्थानीय तह समितिका प्रमुख एवं अगुवा नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नवगठित समितिः

अध्यक्ष: मनि राई
उपाध्यक्ष: यज्ञलाल मण्डल
उपाध्यक्ष: हरि राई
सचिव: हर्कलक्ष्मी राई
सह–सचिव: दुखीलाल चौधरी
सह–सचिव: धनराज राई
कोषाध्यक्ष: दुर्गा गुरुङ

सदस्यहरू:
जिवन राई, सुरेन्द्र राजधामी, शरण पुमा राई, गणेश राई, डिल्ली विक, मुस्कान राई, कृष्ण माझी र अनु माझी।

कार्यक्रममा वक्ताहरूले पार्टी संगठनलाई स्थानीय तहसम्म सुदृढ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुशासन र सामाजिक न्यायका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।