रोदोलिछा खाम्बातिमद्वारा डा. प्रकाश राई र क्या. रामकुमार राईलाई सम्मान

महेन्द्र बहुमुखी क्याम्पस, धरानका सहायक क्याम्पस प्रमुख प्रकाश राईले कानुन विषयमा विद्यावारिधि हासिल गरेकोमा र ब्रिटिश गोर्खा आर्मीको क्विन्स गोर्खा इन्जिनियर ट्रुप्समा क्याप्टेन पदमा पदोन्नति भएका रामकुमार राईलाई सम्मान गरिएको छ।

किरात राई चाम्लिङ रोदोलिछा खाम्बातिमले शनिबार धरानस्थित यलम्बर स्मृति संग्रहालयमा विशेष कार्यक्रम आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो।

सम्मानित दुवैजना किरात राई चाम्लिङ रोदोलिछा वंशका हुन्।

कार्यक्रम संस्थाका अध्यक्ष पदमकुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

सम्मानित डा. प्रकाश राईलाई संस्थाले ‘वंश रत्न’ उपाधि घोषणा गर्दै सम्मान गरेको छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img