संविधानसभा सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार राईको निधन

संविधानसभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार राईको ८० वर्षको उमेरमा आइतबार निधन भएको छ।

लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय राईको काठमाडौँस्थित आफ्नै निवासमा बेलुकी ५ बजे आकस्मिक रूपमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

राई २०७० सालको संविधानसभा निर्वाचनमा सुनसरी–१ बाट निर्वाचित भएका थिए। उनी नेपालको वामपन्थी आन्दोलनका सादगी र परिपक्व नेताका रूपमा परिचित थिए।

यसैबीच, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै राईको निधनले नेपाली राजनीतिलाई अपूरणीय क्षति पुगेको बताएका छन्।

‘आदरणीय दाइ संविधानसभा सदस्य, पूर्वमन्त्री एवं परिपक्व नेता कृष्णकुमार राईको निधनको खबरले मर्माहत भएको छु। सँगै बसेर लामो कुराकानी गरेको महिना दिन पनि भएको छैन। नेपाली राजनीतिको विश्लेषण र आफ्नै जीवनका अनुभवहरू सुनाउनुभएको थियो,’ अध्यक्ष राईले लेखेका छन्, ‘आदरणीय दाइप्रति भावपूर्ण श्रद्धाञ्जली छ। सिता दिदीसहित सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। शोकलाई शक्तिमा रूपान्तरण गर्ने बल मिलोस् भनी सुम्निमा–पारुहाङसँग कामना गर्दछु।’

पारिवारिक स्रोतका अनुसार सोमबार उनको अन्त्येष्टि गरिनेछ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img