श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक गरिएको छ।

ओमप्रकाश राईको भावपूर्ण संगीत र पेमा शेर्पा राईको मधुर स्वरले गीतलाई थप मर्मस्पर्शी बनाएको छ।

गीतमा एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमप्रतिको शुभेच्छा निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ। सार्वजनिक भएलगत्तै गीतले श्रोतामाझ चर्चा पाउन थालेको छ।

गीतमा सन्तोष प्रगाढ राईको एरेञ्ज, वीरेन्द्र भाट ‘विपिन’को इडिटिङ तथा गोविन्द सोनीको मिक्सिङ–मास्टरिङ रहेको छ।

यसअघि पनि गीतकार श्रीराम राईका केही गीतहरू रेकर्ड भइसकेका छन्।

शिला खनालले २०७५ मा राईकै ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन्। त्यस्तै, मनमा बि. राईले २०७९ मा र नवराज पराजुलीले २०८१ मा राईकै ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका गीतकार राई दश वर्षे शिक्षण पेशा छोडेर काठमाडौं आएका हुन्।

हाल उनी साहित्य र पत्रकारितामा सक्रिय छन्। उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासंग्रह प्रकाशित छन्।

राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव तथा लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्। ‘लघुकथा सौन्दर्य’का संस्थापक राई नेपाली लघुकथाको विकासमा क्रियाशील छन्।

उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन्।

विमल भौकाजीको सम्पादन र गीतकार श्रीराम राईको संयोजनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै पाठकसामु आएको छ।

राईले यसअघि ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ मार्फत सम्पादन अनुभव बटुलिसकेका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img