चाम्लिङ राईहरुको साझा संस्था किरात राई चाम्लिङ खाम्बातिमले अब औपचारिक रुपमै किरात सिरिजंगा लिपि चलाउने भएको छ ।
खाम्बातिमले काठमाडौँमा रहेका भाषिक अभियन्ता तथा संस्कृतिकर्मीहरुलाई भेला गराएर पहिलो चरणको किरात सिरिजंगा लिपि लेखन कार्यशाला समेत गरेकाे छ ।
गत भदौ १२ गते गत शनिबार खाम्बातिमका केन्द्रीय पदाधिकारी तथा सल्लाहकारहरुको उपस्थितिमा काठमाडाैँकाे काेटेश्वरस्थित किरात राई यायाेक्खामा एकदिने किरात सिरिजंगा लिपि अभिमुखीकरण तालिम सम्पन्न गरिएकाे छ ।
जसमा चाम्लिङ वर्णमाला तथा किराती भाषाहरुको साझा लिपिबारे भाषाविद् डा. तारामणि राईको प्रस्तुति रहेको थियो भने किरात लिपि र यसको औचित्यबारे किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईले प्रस्तुति दिएका थिए ।
खाम्बातिमले गाउँगाउँमा गएर किरात सिरिजंगा लिपि पढाउने तयारी समेत गरेकाे छ । तिलक चाम्लिङबाट
राम्रो काम हो ᤏᤢᤒᤠ ᤐᤠᤴᤗᤥ॥
लिपि चलाउनु राम्रो हो तर चलाउने बहानामा जातिका नाम टाँसेर दुषित पार्नेकाम प्रति हाम्रो आपत्ति छ।